Incident Reports

No translation available.

2013-06-01

Binod Pandey बाँके । जेठ १८ गते नेपालगञ्जस्थित बेस्टजोन माविमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय बालक विशोक बिष्टलाई जेठ १६ गते शिक्षिका पुनम भण्डारीले लठ्ठीले पिटेर यातना दिएकी छन् । यातनाको कारण ज्वरो आएर बिरामी परेर उपचारका लागि चिकित्सककहाँ पुर्‍याउँदा निलडाम देखिएपछि कक्षाकोठामा शिक्षिकाले यातना दिएको खुलासा भएको हो । शिक्षिका भण्डारीले ५/६ पटक ढाड र पाखुरामा लाठीले हानेको पीडितले बताए । पीडित बालक सानैदेखि बिरामी भएकोले प्रत्येक महिना भारतको लखनऊ लगेर उपचार गर्दै गरेको र मासिक १२ हजारको औषधी खुवाउने गरेको बालकका हजुरबुवा चित्रबहादुर विष्टले बताए । उनले विद्यालय भर्ना गर्ने समयमा नै बालकको बिरामीका बारेमा जानकारी गराए पनि यातना दिने गरिएको बताए । यस शैक्षिक सत्र शुरु भएयता आठ पटक लाठीले पिटेर यातना दिइसकेको पनि उनले बताए । विद्यालयका प्रिन्सिपल आरपी गौतमले विद्यार्थीलाई यातनारहित शिक्षा दिने नीति भए पनि शिक्षिकाले कुटपिट गरेकाले आन्तरिक कारबाही गरिएको बताए । बालकका हजुरबुवा चित्रबहादुरले पीडकविरुद्ध कानूनी कारबाहीको प्रक्रियामा जाने बताए । विष्ट पीडित बालकसहित जेठ १७ गते सिविन बाल हेल्पलाइन पुगेका थिए । विनोद पाण्डे

0 Comments