Incident Reports

बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा झडप, ५ घाइते

2017-06-29

Sudurpashchim, Bajhang, Chabispathivera

बझाङको छबिसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना शुरु हुने बेला बिहीबार विहान एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते भएका छन् । मतदान केन्द्र बाहिर आपसी बिबादमा घरेलु हतियार सहित झडप भएको प्रमुख जिल्ला अधिकारी केशबहादुर थापाले जानकारी दिए । उनका अनुसार झडपमा एमालेका २ कार्यकर्ता र २ जना म्यादी प्रहरी समेत घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गरिएको र आक्रमणमा संलग्न ९ जनालाई पक्राउ गरिएको प्रजिअ थापाले बताए । केही धारिला हतियार समेत बरामद भएका छन् । यसैबीच बझाङमै रहेका अनेरास्ववियुका महासचिव ऐन महरले माओवादी केन्द्रका समानुपातिक सांसद जनक बुढाको नेतृत्वमा लुकेर आक्रमण भएको दावी गरे । धारिलो हतियारबाट अनेरास्ववियुका नेता सागर भट्ट र सुवास भट्ट गम्भीर घाइते भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media , INSEC , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur , Local Newspaper - Saptari , Local Newspaper - Rautahat

0 Comments

Related Reports