Incident Reports

छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

2017-06-08

Province 1, Jhapa, Barhadashi

कक्षा ५ मा अध्ययनरत छात्रामाथि अनैतिक कार्य गरेको उजुरीपछी इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमबार एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बह्रदशी गाउँपालिका-७ निवासी दलबहादुर खड्का रहेको प्रहरी नायाव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । गौरीशंकर मावि डाँगीवारीमा कार्यरत शिक्षक खड्काले गत बिहिबार अध्यापन गराउने क्रममा छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि पक्राउ गरिएको थेवेले बताए । गणित विषय पढाउने खड्काले पाँच कक्षाका अन्य छात्रालाई पनि यस अघि दुर्व्यवहार गर्दै आएको बताइएको छ ।विद्यालयका अनुसार सोमबार नै विद्यालय व्यवस्थापन समितिको वैठक बसेर सत्य-तथ्य पत्ता लगाई निलम्बनका लागि जिल्ला शिक्षा कार्यालय झापामा सिफारिस गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश कुमार झाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Local Newspaper - Chitwan

0 Comments