Incident Reports

काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा

2017-06-28

Lumbini, Gulmi, Malika

गुल्मीको मालिका गाउँपालिकास्थित म्यालपोखरी मतदान केन्द्रमा नेपाली काँग्रेसका प्रतिनिधिमाथि खुकुरी प्रहार भएको छ । काँग्रेस प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथि खुकुरी प्रहार भएको काँग्रेस नेता खिलध्वज पन्थीले जानकारी दिए । खत्रीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एमाले नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको छ । दुई पक्षबीच विवाद हुँदा झाँक्रीलाई सुरक्षित स्थानमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले बताए । मतदानका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घटनाकोबारे विस्तृत जानकारी नआएको प्रहरी प्रमुख रावलले बताए । नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताकाअनुसार झाँक्री नेतृत्वको एक समुहले खत्रीसहितका आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports