Incident Reports

माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताको आक्रमण : आठ घाइते

2017-06-29

नेकपा माओवादी केन्द्रको बिजय जुलुसमाथि एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गर्दा अछामको रामारोशनमा माओवादीका आठ बढी कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा माओवादी केन्द्रले वडा अध्यक्षसहित पुरै प्यानलसहित विजयी भएपछि निकालिएको जुलुसमा एमाले कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए । मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेको माओवादी केन्द्रको उप प्रमुख पदका उम्मेदवार सरस्वती रावलले जानकारी दिनुभयो । हिजो राती भएको उक्त घट्नामा परी सुरत साउँद, टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद, कमल साउद, पुरन साउद, कृष्ण साउद र बम बहादुर साउद घाइते भएको माओवादी केन्द्रले जनाएको छ । घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि केहिबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । घाइते दुबैको टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइतेको गाउँमै उपचार भइरहेको स्थानीय पुष्प बिष्टले जानकारी दिनुभयो । घट्नामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो । घटना पछि केहि समय मतगणना स्थगित भएको थियो । रामारोशनमा माओवादीले अग्रता कायम गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 12
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth na
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Entity CPNM-MC
Actor 2 - Youth unknown
Total Injured 8
Election-related cause primary
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Dhanusha

0 Comments

Related Reports