Incident Reports

वाइसिएलद्धारा काङ्ग्रेस कार्यकर्तालाई कुटपिट गरेको आरोप

2017-06-30

Lumbini, Rolpa, Rolpa, Ward 10

रोल्पा नगरपालिका-१० को मत गणनाको विषयलाई लिएर असार १६ गते काङ्ग्रेस कार्यकर्ताहरूलाई वाइसिएलले कुटपिट गरेको पीडित पक्षको आरोप छ । साँझ ५ः३० बजेतिर लिबाङको वङ्शी चिया पसलमा नास्ता खाइरहेका काङ्ग्रेस कार्यकर्तालाई वाइसिएलले कुटपिट गरेको काङ्ग्रेसका कार्यकर्ता गिरीराज थापाले आरोप लगाएका हुन् । एक्कासी कुटपिट गर्न थालेपछि नास्ता पसल बाहिर रहेका काङ्ग्रेसका अन्य कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएपछि तनाव कम भएको जनाइएको छ । राजनीतिक विषयमा सोही दिन बिहान केही विवाद भएको भएता पनि बेलुकी एक्कासी कुटपिट गरेको काङ्ग्रेस कार्यकर्ताहरूले बताएका छन् । राजनीतिक विषयमा झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले बताएका छन् । विवादको विषयबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वाइसिएलले प्रहार गरेको ढुङ्गा लागेर काङ्ग्रेस रोल्पा नपा-४ का वडा अध्यक्ष उम्मेदवार हिरा घलेसहित काङ्ग्रेस कार्यकर्ताहरू २५ वर्षीय कुलबहादुर बुढाथोकी, २५ वर्षीय सञ्जिव आचार्य, २६ वर्षीय अभय घर्ती, २४ वर्षीय तेजेन्द्र घर्ती, २४ वर्षीय सङ्कल्प बुढाथोकी, ४५ वर्षीय मनिकला राना घाइते भएका काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष खटकबहादुर खत्रीले बताए । उनीहरू सबैजनाको उपचार जिल्ला अस्पताल रेउघामा भइरहेको पनि खत्रीले जानकारी दिए । वाइसिएलले प्रहार गरेको ढुङ्गा लागेर काँग्रेसबाट रोल्पा नपा-४ का वडा अध्यक्षका उम्मेदवार हिरा घलेको ढाडमा चोट लागेको पीडित घलेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Total Injured 7
Youth Injured 4
Election-related cause primary
INSEC

0 Comments

Related Reports