Incident Reports

टिकापुरबाट तिन फर्जी मतदाता पक्राउ

2017-06-28

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा टिकापुरबाट तिन जना फर्जी मतदाता पक्राउ परेका छन् । टिकापुर नगरपालिका-२ बाट एकजना र जानकी गाउँपालिकाबाट एकजना फर्जी मतदाता पक्राउ परेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ । अरुको नाउँमा मतदान गरिरह्रेको अवस्थामा खड्ग स्मृति उच्च माबि टिकापुर बाट रमेश चौधरी , खड्ग प्राथमिक बिध्यालय भगवानपुरबाट लालबहादुर चौधरी र जानकी गाउँपालिकाको राष्ट्रिय प्राथमिक बिध्यालय गोलौबरीबाट तुल्सी चौधरी पक्राउ परेका हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय टिकापुरमा राखिएको प्रहरीले जनाएको छ ।
Local Newspaper - Kailali

0 Comments

Related Reports
Related Trend Analysis