Incident Reports

अज्ञात समूहको आक्रमणमा एमाले कार्यकर्ता घाइते

2017-07-02

Province 1, Terhathum, Aathrai, Ward 3

आठराई गाउँपालिका-३ ह्वाकुका ४२ वर्षीय नेकपा एमालेका कार्यककर्ता ताराबहादुर बानियालाई असार १८ गते अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । निर्वाचनको परिणाम आएपछि नेकपा एमालेले ह्वाकुमा आयोजना गरेको कार्यक्रममा जानेक्रममा बाटोमा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको पीडितले बताए । पीडित बानियाको टाउकोमा गहिरो चोट लागेको र हात भाँचिएको जनाइएको छ । बाटोमा हिँडिरहेका बेला अज्ञात समूहले पछाडिबाट आक्रमण गरेपछि बेहोस भएका बानियाको अहिले झापामा उपचार भइहरेको बताइएको छ । पीडितका आफन्तले असार १९ गते इलाका प्रहरी कार्यालय सक्रान्तिमा उजुरी दिएका छन् । बानियालाई आक्रमण गर्नेहरूको पहिचान नभए पनि घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports