Incident Reports

३६ वर्षीय व्यक्तिको हत्या

2017-06-11

Province 1, Morang, Uralabari, Ward 9

मोरंगको उर्लाबारी-९ जरुवापानीमा शनिबार राति एक व्यक्तिको हत्या भएको छ। स्थानीय ३६ वर्षीय दिलबहादुर चोंगबांगको हत्या भएको हो। शव आइतबार बिहान जरुवापानीको एक कल्भर्टमुनि फेला परेको थियो । स्थानीय बासिन्दाले कल्भर्टमुनि चोंगबांगलाई मृत अवस्थामा देखेपछी प्रहरीलाई खबर गरेका थिए। चोंगबांगको टाउकोमा चोट देखिएकोले उनको कर्तब्य गरी हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ। पोष्टमार्टमका लागि शव धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । चोंगबांगको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports