Incident Reports

महिलामाथि दुर्व्यवहार गर्ने हवलदार पक्राउ

2017-07-07

Madhes, Rautahat, Gaur

महिलामाथि दुर्व्यवहार गर्न खोजेको आरोपमा सशस्त्र प्रहरीका एक जना सहायक हवलदार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बेस बिओपी गौर भन्सारमा कार्यरत दिलिप श्रीवास्तव छन्। शुक्रबार राति ११ बजे एक जना महिलाको घरमा बलजफ्ती प्रवेश गरी दुर्व्यवहार गर्न खोजेपछि घरका सदस्यहरुले जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा खबर गरेका थिए। प्रहरीले तत्कालै श्रीवास्तवलाई पक्राउ गरेको थियो। सशस्त्रका सहायक हवल्दार श्रीवास्तवले मदिरा सेवन गरेर महिलाको घरमा पसेको बताइएको छ। प्रहरीको नियन्त्रणमा रहेका सशस्त्रका सहायक हवलदार श्रीवास्तवलाई कारबाही गर्न सशस्त्र प्रहरी बेस बिओपी गौर भन्सारका सशस्त्र प्रहरी निरीक्षक अमर लामाले कारबाहीका लागि बुझाउन माग गरेका छन्। सशस्त्र प्रहरी हवलदार श्रीवास्तवमाथि नियमानुसार कारबाही गरिने सप्रनि लामाले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Rautahat , Local Newspaper - Sarlahi

0 Comments