Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

2017-07-06

जिल्ला समन्वय समिति रूकुममा कार्यरत असिष्टेण्ट सव-इञ्जिनियर ४५ वर्षीय चिताराम खड्कालाई घुस लिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार २२ गते सदरमुकाम खलङ्गास्थित मयूर होटलमा अमानवीय व्यवहार गरेका छन् । त्रिवेणी गाउँपालिकाको सडक निर्माण उपभोक्ता समितिबाट घुस लिन लागेको फेला परेकोले मोसो दलेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी चन्द्र बुढाले बताए । उपभोक्ता समितिबाट सव-इञ्जिनियर खड्काले बुझेको ८० हजार रूपियाँ नगदसमेत आफूहरूको कब्जामा रहेको उनले दावी गरे । उक्त रकम जिल्ला प्रशासन कार्यालयको रोहवर सम्बन्धित निर्माण उपभोक्ता समितिलाई फिर्ता गर्ने तयारी भइरहेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी बुढाले जानकारी दिए । प्राविधिकलाई अमानवीय व्यवहार भएको कुनै औपचारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अङ्गुर जिसीले बताए । अमानवीय व्यवहार भएको भनिएका व्यक्ति सम्पर्कमा नआएपनि सडक निर्माण उपभोक्ता समितिले भने नगद लुटिएको भन्दै उजुरी दिएको डिएसपी जिसीले बताए । प्रेम बोहोराले १ लाख ८० हजार रूपियाँ लुटेको भन्दै उपभोक्ता समितिका प्रेमप्रशान्त बोहरालगायतका व्यक्तिद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी जिसीले बताए । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले प्राविधिकमाथि गलत व्यवहार भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments