Incident Reports

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा तरूणदलका कार्यकर्ता घाइते भएको आरोप

2017-07-02

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरूणदलका पुथा उत्तरगङ्गा संयोजक ३५ वर्षीया नविन पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमले आरोप लगाएको छ । असार १८ गते राति ३० जना भन्दा बढीको सङ्ख्यामा आएका माओवादी केन्द्रका कार्यकर्ताहरूले पुनको ज्यान मार्ने उद्धेश्यले आक्रमण गरी घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमका सभापति प्रेमप्रकाश ओलीले आरोप लगाए । आक्रमण बाट गम्भीर घाइते बनेका पुनको कास्की पोखरामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँ लगिएको ओलीले जानकारी दिए । घटना पश्चात घाइते बेपत्ता भएको र हप्ता दिनपछि मात्रै आफूलाई थाहा भएपछि बाग्लुङ हुँदै उपचारको लागि पोखरा लगेपनि त्यहाँ उपचार सम्भव नभएकाले असार २५ गते काठमाडौँ लगिएको पनि ओलीले जानकारी दिए । घाइते पुनको टाउको र अनुहारमा खुकुरीका दर्जनौ चोट लागेको छ । गम्भीर चोटका कारण घाइते लामो समयसम्म बेपत्ता भएको कारण अवस्था निकै जटिल रहेको स्वास्थ्यकर्मीहरूले बताएको परिवारका सदस्यले जनाएका छन् । नेपाली काङ्ग्रेस रूकुमले विज्ञप्ति जारी गदै उक्त घटनाका दोषीहरूलाई कारबाहीको माग गदै ‘जङ्गली शैली’ सुधार गर्न माओवादीलाई चेतावनी दिएको छ । सभापति ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-‘यो घटनाले माओवादीको अझै जङ्गली स्वरूप बाँकी नै छ भन्ने प्रष्ट्याएको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , Local Newspaper - Surkhet

0 Comments