Incident Reports

पत्रकारको अवरोधका कारण शपथग्रहण भएन

2017-07-01

Madhes, Bara, Kalaiya

नेपाल पत्रकार महासङ्घ बारा शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम असन्तुष्ट पत्रकारहरूको अवरोधका कारण हुन सकेन । सिमरामा भएको अधिवेशनको विरोध गर्दै आएका बाराका असन्तुष्ट पत्रकारहरूको विरोधका कारण शनिवार पूर्वघोषित शपथग्रहण कार्यक्रम हुन सकेन । कलैयास्थित नेपाल पत्रकार महासङ्घको कार्यालयमा बिहान हुने भनिएको शपथग्रहण कार्यक्रम वर्षाको कारण दिउँसो ३ बजे सारिएको थियो । दिउँसो शपथग्रहण कार्यक्रम शुरू भएलगत्तै असन्तुष्ट पत्रकारहरूको समूहले कार्यालयमा ताला लगाएका थिए । तालाबन्दी भएपछि कार्यक्रम हुन सकेन । तालाबन्दीको एक घण्टापछि कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता जाहेर भएपछि लगाइएको ताला खोलिएको थियो । शपथग्रहण कार्यक्रममा अवरोध गरिएपछि निर्वाचन अधिकृत रूद्र धिताल, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, नेपाल प्रेस युनियन बाराका अध्यक्ष गणेश रिजाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य गम्भीरा सहनीलगायतका पत्रकारहरू कार्यक्रमस्थलबाहिर बस्नुपरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments