Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय विकास अधिकारीलाई कुटपिट

2017-07-09

Karnali, Dolpa, Thuli Bheri, Ward 3

जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी ४८ वर्षीय सागर मिश्रलाई सूचना नदिएको आरोपमा असार २६ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरेका छन् । पीडित मिश्रलाई मुढकेचुला गाउँपालिका-१ का नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३५ वर्षीय अङ्क बोहरा र सोही ठाउँका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३८ वर्षीय लालबहादुर बोहराले कुटपिट गरेको स्थानीय विकास अधिकारी मिश्रले बताए । पीडित मिश्रको टाउकोमा चोट लागेको छ । दुई दिन अघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले यस आर्थिक वर्षमा कति खर्च भयो भन्ने विषयमा सूचनाको माग गरेकोमा स्थानीय विकास अधिकारीले सूचना नदिएपछि कुटपिट गरेको घटनामा संलग्न लालबहादुर बोहराले बताए । घटनामा संलग्न नेपाल कम्युनिष्ट पार्टीका दुवै जना कार्यकर्तालाई असार २६ गते दुनै बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खडकाले बताए । जिल्लामा सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Jumla

0 Comments

Related Reports