Incident Reports

अज्ञात समूहद्वारा विद्यालयको गाडीमा आगजनी

2017-07-10

Province 1, Udayapur, Triyuga, Ward 4

५०४० नम्बरको बस बिद्यालयको हाताभित्रै राखिएको ठाउँमा आगजानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताउनुभयो। बस आगजानी गर्नुअघि उक्त समूहले गेट र भित्र रहेको बलिरहेको विजुलीको वल्व झिकेर बत्ति मारेको बिद्यालयका सञ्चालक सुमन चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘होस्टलमा रहेका बिद्यार्थी पढाई सकेर सुत्न लाग्दा अचानक गाडीमा आगोलागी भएको देखेपछि हल्लाखल्ला गरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।’ ‘कसले र किन आगो लगाएको हो भन्ने केही थाहा छैन्,’ चौधरीले भन्नुभयो, ‘कम्पाउन्ड भित्र गाडी छ, बलिरहेको विजुलीको वल्व झिकेर योजनाबद्धरुपमा आगजानी गरिएको छ, जो भएपनि छानविन गरी कारवाही होस ।’ उहाँले आफूसँग कसैको रिसिवी नभएको र पछिल्लो समय कसैले पनि चन्दा नमागेको बताउनुभयो । बुधबार नेकपा माओबादी विप्लव समूहले बन्दको आह्वान गरेको छ तर वन्द पूर्व स्कूलभित्र रोकिरहेको बसमाथि आगजानी भएकाले विप्लव समूहले आगजानी गरेको हो भन्ने अवस्था नरहेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले घटनाको छानबिन भइरहेको बताउनुभयो । यता विप्लव समूहले आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै बुधबार नेपाल बन्दको आयोजना गरेका छन् । प्रहरी प्रशासनले आफ्ना कार्यकर्ता गिर्फतार गरी झुठा मुद्धा लगाएको भन्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । बिद्यालयको बसमा आगो लगाएको बिषयमा भने विप्लवका जिल्ला इन्चार्ज केदार राईले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments

Related Reports