Incident Reports

सुचना माग्न जाँदा पत्रकार यादव माथि दुर्व्यवहार पत्रकार सम्बद्ध संघ संस्था दोषीलाई कारबाहीको माग

2017-07-09

Madhes, Bara, Jitpur Simara

सुचनाको हक ऐन, २०६४ को दफा ३ (२) मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सुचना पहुँच हुनेछ भन्ने व्यवस्था छ। जितपुर-सिमरा उप-महानगरपालिकाका लेखा अधिकृत विसमिल्लाह अंसारीले त्येसको धज्जि उडाएका छन्। जितपुर-सिमरा उपमहानगरपालिका कार्यालय जितपुरमा सुचनाको हक प्रयोग गरी पत्रकार रन्जन यादवले सूचना माग गरेको महिना दिनभन्दा बढी भईसक्दा पनि सूचना दिनु त् परेको कुरा लेख अधिकृत अंसारीले कार्यकारी अधिकृत डिल्लीराज बेलबासेकै अगाडी हफ्काई, कुनै पनि हालतमा सुचना नदिने बताएका छन्। मिती २०७४/०२/०७ गते नेपाल पत्रकार महासंघ बारा कार्यसमिति सदस्य समेत रहेको पत्रकार यादवले जितपुर सिमरा उपमहानगरपालिका सुचना अधिकारी गोपाल प्रसाद खपाडीसंग सुचना माग्दा खपाडीले आंशिक रुपमा सुचना उपलब्ध गराई कर्मचारी अभावको करण देखाउंदै पुरा सुचना पछि उपलब्ध गराउने बताएका थिए। सुचना अधिकारीको जवाफसंग चित्त नबुझेपछि पत्रकार यादवले सुचनाको माग गर्दै कार्यकारी अधिकृत डिल्लीराज बेलबासे समक्ष उजुरी माग गरेका थिए। कार्यकारी अधिकृत बेलबासेले मागेको सूचना पांच दिनभित्र उपलब्ध गराउने आश्वाशन दिएपनि महिना दिन हुन् लाग्दा पनि नदिएपछि पत्रकार यादव कार्यकारी अधिकृतसंग सुचनाको बारेमा सोधपुछ गर्न गएका थिए तर लेखा अधिकृत अंसारीले अपशब्द प्रयोग गर्दै "तपाइलाई सुचना किन दिने?, तपाई को हो ? सुचाना नदिएमा के गर्छौ/? जहा जानु छ जाउ, कुनैपनि हालतमा सुचना दिंदैनौ भन्दै आबेगमा आएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments