Incident Reports

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

2017-07-11

Madhes, Parsa, Birgunj

RSS आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई आज पक्राउ गरेको छ। बारा जितपुरका २२ वर्षीय महिलालाई आश्रय दिने बहानामा घर लगी बलात्कार गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका ३० वर्षीय तैयब हुसैन, ३० वर्षीय नुरुल हक र २९ वर्षीय महम्मद तबरेजलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तीनै जनालाई सामूहिक बलात्कार मुद्दामा आजै म्याद थप गरिएको छ। भारतको कारागारमा विगत दश महिनादेखि बन्दी जीवन बिताइरहेका श्रीमान्लाई भेट्न घरबाट सोमबार बेलुकी निस्किएकी एक बच्चाकी आमालाई तैयबले बाटोमा भेटी आश्रय दिने बहानामा आफ्नो घर लगेर साथीहरुसँग सामूहिक बलात्कार गरेका थिए। बलात्कार गरेर आज बिहान घरबाट निकालेपछि ती महिला प्रहरीको सम्पर्कको आएको र उनले दिएको जानकारीका आधारमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। तबरेज र तिनका साथीले यौन सम्पर्का लागि भन्दा महिलाले नमानेपछि छोराको हत्या गर्ने धम्की दिई तीनै जनाले बलात्कार गरेको महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख भएको प्रवक्ता जोशीले बताए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments