Incident Reports

ताप्लेजुङमा महिलाको शव भेटियो, हत्याको आशंका

2017-07-14

Province 1, Taplejung, Aathrai Tribeni, Ward 1

जिल्लाको आठराई त्रिवेणी गाउँपालीका १ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । साविक निगुरादिन–६ का दिलिप थलङ लिम्बुकी ३० वर्षीया श्रीमती सिर्जना लिम्बु घर नजिकैको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान घाँस काट्न आएका गाउँलेले घर नजिकैको बारीमा सिर्जनालाई मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानमा प्रहरी पुगेर घटनाको विषयमा अनुसन्धान गरीरहेको छ । घरमुनिको मकैबारी माडिएको र सिर्जनाको शव भेटिएको स्थानमा धेरै रगत बगेकाले उनको हत्या भएको आंशंका गरिएको छ । सिर्जनाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । उनी ५ वर्षीया छोरासँग घरमा बस्दै आएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments