Incident Reports

झारफुक गर्ने भन्दै बलात्कार

2017-07-09

Gandaki, Myagdi, Beni

“After the shaman’s arrest started making rounds, other women too have called us saying that they too have been victimised by the shaman,” बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । बागलुङ नगरपालिका–६ का काजु भनिने ५८ वर्षीय कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको छ । खुला ठाउँमा उपचार गर्दा मन्त्रले काम नगर्ने भन्दै उनले ती महिलालाई घरभित्र लगी तामा–तुलसी र हतियार छुवाएर पटक–पटक कसम खुवाउने गरेका थिए । ‘उनले झारफुकका नाममा अरू पनि अमानवीय व्यवहार गरेको पीडितले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘लाज र डरले पहिलोपटक पीडित महिला चुप लागे पनि अर्की महिलामाथि पनि त्यस्तै घटना भएपछि जानकारी बाहिर आएको हो ।’ चिनजानका झाँक्री भन्दै बिरामी महिलाका परिवारले कर्णबहादुरलाई घरमै बोलाएका थिए । झाँक्री आएको थाहा पाएर छिमेककी अर्की महिला पनि दोस्रो दिन झारफुक गराउन पुगेकी थिइन् । आफूलाई यौनशोषण गरेको घटना महिलाहरूको आपसी कुराकानीबाट खुलेपछि दुवै प्रहरीसम्म पुगेका थिए । झाँक्रीले कसुर स्वीकार गरेको खड्काले बताइन् । झाँक्री पक्राउ परेपछि अरू महिलाले पनि फोन गरी आफूहरूसमेत पीडित भएको जानकारी दिन थालेको उनले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 3
Female Raped 3
National/Online Media , Local Newspaper - Saptari

0 Comments