Incident Reports

एघारवर्षीय बालक अपहृत

2017-07-16

Bagmati, Sindhuli, Kamalamai, Ward 1

१ डाँडीगुराँसेबाट आज एघारवर्षीय बालकको अपहरण भएको छ। बालकलाई बिहान करिब ८ः३० बजे घरै नजिकैबाट कसैले मोटरसाइकलमा राखी अपहरण गरेको बताइएको छ। कमलामाई– १ निवासी नीरबहादुर विश्वकर्माका छोरा निश्चल अपहरणमा परेको वडाध्यक्ष महेश खतिवडाले जानकारी दिए। नीलो लुगा लगाएका निश्चललाई कमलामाई–४ ढुङ्ग्रेबाससम्म ल्याएको थाहा हुनआएको वडाध्यक्ष खतिवडाले बताए। अपहृत बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई जानकारी गराइएको उनले बताए। बालकलाई मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए। बालकलाई लगिएको स्थलतर्फ प्रहरी परिचालन गरिएको छ। आवश्यक अनुसन्धानका लागि बालककी आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments

Related Reports