Incident Reports

एकान्तको मौका पारी भीमबहादुरले गरे डोलमायाको हत्या

2017-07-15

Gandaki, Tanahun, Ghiring, Ward 4

RSS तनहूँको घिरिङ गाउँपालिका वडा नं ४ डुम्रीस्वाँरा निवासी ५४ वर्षीया डोलमाया रानाभाटको हत्या भएको छ । सोही ठाउँका २८ वर्षीय भीमबहादुर रानाभाटले ती महिलाको हत्या गरेको तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । असार ३१ गते डोलमायाको हत्या गरिएको उनले जानकारी दिए । घरका सबै परिवार विवाहमा गएको मौका पारी घर नजिकैको गोठमा गएका बेला डोलमायाको ती युवकले हत्या गरेका हुन् । हात र लात्तले हानेर ती महिलाको हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । स्थानीय र प्रहरीको टोलीले तत्कालै ती युवकलाई नियन्त्रणमा लिए पनि सदरमुकाम दमौली ल्याउन ढिलो भएकाले घटना दुई दिनपछि सार्वजनिक भएको हो । युवकविरुद्ध सोमबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीको मुद्दा शाखाले जनाएको छ । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । ती महिलाको हत्या किन गरियो भन्नेबारेमा भने केही खुल्न सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments

Related Reports