Doctor Association has closed all the services provided by the Banke hospital except emergency services against the vandalism and assault.
Nepal Medical Association Bheri state that they filed the complained against the assault and vandalism to District Administration but there was no response towards their complaints which made them take such action. They have demanded action against the accused Sandip Singh, Mahesh Khatiwada, Yadav Basyal, Kamal Sahi for their involvement in the incident.
Association have called for the closure of all the services provided by the Government hospital, Medical Colleges, Private Hospital, Nursing Home and Private Clinic.
चिकित्सकमाथि हातपातको प्रयास र अस्पतालमा तोडफोड भएको भन्दै चिकित्सकहरुले मंगलबारदेखि बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका छन् ।
नेपाल चिकित्सक संघ भेरीले चिकित्सकलाई हातपात तथा दुव्र्यवहार र अस्पतालमा तोडफोड गर्नेबिरुद्द जिल्ला प्रशासनमा लिखित उजुरी दिए पनि कारवाही नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको जनाएको छ ।
संघले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिक बन्द गर्ने निर्णय गरेको हो । घटनामा संलग्न भनिएका सन्दिप सिंह, महेश खतिवडा, यादव बस्याल, कमल शाही लगायतलाई कारवाही गर्न संघले माग गरेको छ ।
गएको असार २८ गते माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवमाथी हातपातको प्रयास तथा दुव्र्यवहार भएको र अस्पतालमा तोडफोड भएको चिकित्सक संघले जनाएको छ । अन्य सेवा बन्द भए पनि आपतकालिन सेवा भने संचालन हुने संघले जनाएको छ ।
The Medical Association have state that Dr. Shyamsundar Yadav from Janaki Hospital was physically assaulted on Jul 12 and also did the vandalism.