Incident Reports

कावासोतीको नगरसभामा झडप

2017-07-17

नवलपरासीको कावासोती नगरपालिकाको प्रथम नगरसभा तनावपूर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कंग्रेस र माओवादी केन्द्रबाट निर्वाचित नगरसभाका सदस्य र एमालेबाट निर्वाचित जनप्रतिनिधिबीच आज झडप भएको छ । नगरसभामा ९ वटा वडाका वडाध्यक्षले विरोध जनाउँदै आफ्ना माग पुरा नभएसम्म सभा चल्न नदिने बताएका छन् । शुक्रवारबाट सुरु भएको नगरसभा आज पुन: भएपनि उनीहरुको विरोधका कारण स्थगित भएको छ । नगरपालिका प्रमुख चन्द्रा देवी पुनले सभा सुचारु गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्न वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मी पौडेललाई रोष्टममा बोलाएपछि असन्तुष्ट वडाध्यक्ष र नगरसभाका सदस्यले रोक्ने प्रयास गर्दा झडप भएको थियो । लक्षित वर्गको बजेट वडामै जानुपर्ने, कम्तीमा दुई वटा विषयगत समितिको संयोजक आफुले पनि पाउनुपर्ने लगायतका माग राखि ९ वटा वडाका वडाध्यक्षले सभा विरोध गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments