Incident Reports

राहत नपाएको द्वन्द्व पीडितको गुनासो, पीडितका लागि आएको साढे ३ करोड बजेट फ्रिज

2017-07-18

Sudurpashchim, Baitadi, Dasharathchanda

बैतडीमा गत आर्थिक वर्षमा द्वन्द्व पीडितहरुका लागि आएको ३ करोड ५७ लाख ७५ हजार ३ सय रुपैयाँ फ्रिज भएको छ । द्वन्द्व पीडितहरुका लागि आएको ९ करोड ८२ लाख ५० हजार मध्ये काम गर्न नसकेपछि ३ करोड ५७ लाख ७५ हजार ३ सय रुपैयाँ फ्रिज भएको हो । ढिलो गरी अख्तियारी प्राप्त भएको र बिचमा स्थानीय तहको चुनाव भएकाले समयमै द्वन्द्व पीडितलाई रकम वितरण गर्न नसक्दा फ्रिज गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसरी रकम फिर्ता हुँदा द्वन्द्व पीडित भने राहत रकम नपाएको भन्दै गुनासो गरिरहेका छन् । असारको महिनामा मात्रै अख्तियारी आएकाले सबै रकम वितरण हुन नसकेको जिल्ला प्रशासन कार्यालयका लेखापाल गोविन्द रावलले बताउनुभयो । द्वन्द्वका बेला बैतडीमा १७१ जनाको ज्यान गएकोमा ८१ जनाका परिवारले ५ लाख रुपैयाँका दरले र ६१ जना सेना प्रहरीका मृतकका परिवारले १ लाख ५० हजार रुपैयाँका दरले राहत रकम पाएको उहाँले बताउनुभयो । यस्तै बेपत्ता २७ जना मध्ये २५ जनाका परिवारले ५ लाख रुपैयाँका दरले राहत रकम पाएको छ । यसैगरी विस्थापित ३३६ जना मध्ये २९ जनाले २५ हजार रुपैयाँका दरले राहत रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

0 Comments

Related Reports