Incident Reports

बम बिष्फोटमा परी तीन बालबालिका घाइते l

2013-06-05

Madhes, Siraha, Karjanha

Durga Pariyar सिरहा । जेठ २२ गते बडहरामाल गाविस-१ का तीन बालबालिका जेठ २२ गते सोही ठाउँका राजकुमार बानियाँको घरमा फेला परेको घरेलु बम खेलाउँदा भएको विष्फोट परी घाइते भएका छन् । घटनामा घाइते हुनेहरूमा १२ वर्षीय सर्वजित मुखिया, ८ वर्षीय सन्तोष मुखिया र १३ वर्षीया किरण मुखिया रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर पदम थपलियाले बताए । पानको बट्टामा रहेको घरेलु बम फेलापारी रेणु मुखियाको आँगनमा बच्चाहरूले खेलाउने क्रममा बम बिष्फोट भएको थियो । घाइते बालकहरूलाई उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनायो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis