Incident Reports

लेनदेनको विवादमा घाँटी थिचेर एक युवकको हत्या

2017-07-19

Madhes, Parsa, Birgunj

वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरवा गाँउका एक युवकको हत्या भएको छ । बरवा गाँउका रामसुरत साहका २५ वर्षीय छोरा सत्रुधन साह कानुको बुधबार राति हत्या भएको हो । तिलावे पुलबाट अमरपटटी जाने बाटोको छेउमा रहेको बाँसघारीमा बुधबार राति बरवाकै पाँच जनाले सत्रुधनको हत्या गरेको मृतकका परिवारजनले बताएका छन् । सन्जय चौरसीया, काजी चौरसीया , रामेश्वर चौरसीया, मन्टु चौरसीया र काजी प्रसाद चौसीयाले सत्रुधनलाई बुधबार बेलुकी घरबाट बोलाएर मदिरा सेवन गराइ बाँसघारीमा लगेर कुटपिट गर्नुका साथै घाटी थिचेर हत्या गरेको मृतक सत्रुधनका परिवारजनले बताएका छन् । सापटीमा लिएको ७० हजार रुपैयाँको लेनदेनको विषयमा विवाद भएपछि सत्रुधनको हत्या गरिएको गाँउलेहरुको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएका सत्रुधनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । बाँसघारीमा कुटपिट गरेर घाँटी थिचेपछि सत्रुधन मरेको ठानेर पाँचै जना युवक त्यहाबाट हिडेँपछि सत्रुधनले माबोइलबाट घरममा रहेकी आफ्नी श्रीमतीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले घाइते सत्रुधनको उद्धार गरि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याएपछि उपचारकै क्रममा सत्रुधनको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहको आरोपमा प्रहरीले सन्जय र काजीलाइ नियन्त्रणमा लिएको छ । मृतक सत्रुधनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । हत्यामा संलग्न रहको भनेर आरोप लागेका मध्ये अरु तीन जना युवा भने घर छाडेर फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेकाको खोजी भइरहेको र घटनाका बरेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments

Related Reports