Incident Reports

माईती गएकी महिला मृत फेला

2017-07-20

Province 1, Khotang, Jantedhunga, Ward 6

खोटाङमा माईती गएकी महिला शंकास्पद अवस्थामा मृत फेला परेका छन्। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिक वेपत्ता भएको दोश्रो दिन विहिबार मृत फेला परेकी हुन्। माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा बिक बुधबारदेखि परिवारसँग सम्पर्क विहिन बनेकी थिइन्। बिकको शव जन्तेढुंगा गाउँपालिका–३ काहुलेस्थित नेप्टेजंगलमा भेटिएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक पप्पु नायकले बताए। शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। ‘माईती गएकी देवी बुधबारदेखि सम्पर्कविहिन भएकी रहिछन्, सबैतिर खोजी गर्दा पनि भेटिएनन्,’ प्रहरी निरिक्षक नायकले भने, ‘बिहिबार बिहान जंगलमा मृत अवस्थामा फेला परेकी हुन्।’ उनका एक छोरा र पाँच छोरी छन्। उनका श्रीमान भने रोजगारीका सिलसिलामा विदेशमा रहेको स्थानीयले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments