Incident Reports

अदालतमा यातना क्षतिपूर्तिसम्बन्धी मुद्दा दर्ता l

2013-06-05

Province 1, Morang, Jahada

Deepen Neupane मोरङ । जेठ २२ गते मझारे गाविस-३ का प्लम्बर मिस्त्री ४१ वर्षीय मदन भनिने मनोजकुमार सिंहलाई कुटपिट गरेको भन्दै मझारे प्रहरी चौकीविरुद्ध पीडितले जिल्ला अदालतमा जेठ २२ गते यातना क्षतिपूर्तिसम्बन्धी मुद्दा दर्ता गरेका छन् । सो मुद्दा दर्ता गर्न इन्सेक र एड्भोकेसी फोरमले संयुक्त रुपमा पहल गरेका थिए । पीडितले सो मुद्दामा एक लाख रुपियाँ क्षतिपूर्ति र विभागीय कारबाहीको माग गरेका छन् । घटना जेठ ९ गते राति प्रहरी चौकीमा भएको थियो । यसअघि उनले मझारे चौकीका इन्चार्ज असई प्रह्लादकुमार शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जेठ १० गते उजुरी दिएका थिए । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भएको थियो । मझारे गाविस-३ का ३८ वर्षीय सन्तोष महतोसँग झगडा भएको विषयमा प्रहरीले गिरफ्तार गरी चौकीमा लगिएका पीडितलाई मादक पदार्थ सेवन गरेका असई शर्माले चौकी परिसरकै चौर र फोहरपानी जमेको खाल्डोमा राखेर बुट र लाठीले कुटपिट गरेको मुद्दामा उल्लेख गरिएको छ । कुटपिटबाट पीडितको पेट, पाखुरा, छाती ढाडलगायतका शरीरका विभिन्न ठाउँमा नीलडाम रहेको थियो । प्रहरी चौकी मझारेका इन्चार्ज सिंहले कुटपिट गरेको अस्वीकार गरेका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis