Incident Reports

प्रहरी हिरासतमै निर्घात कुटिए दाजुभाइ

2017-07-15

Sudurpashchim, Bajura, Badimalika

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दलबहादुर बोगटीको निर्देशनमा दाजुभाई कृष्ण बाँनिया र लोकेन्द्र बानियाँ हिरासत भित्रै निर्घात कुटिएका छन् । गत असार ३१ गते राती दुवै भाई आफनै घरमा खाना खाएर सुतेको अवस्थामा दुईजना प्रहरी सिबिलमा आएर दाजुभाईलाई एक मिनेट तपाईसंग काम छ भन्दै लगेको र बाटोमा पिट्दै जिल्ला प्रहरी कार्यालय भित्र पु¥याएको दाजु कृष्ण बानियाँले बताए । आफुहरुलाई विनाकारण चार÷पाँच जनाको प्रहरी टोलीले हिरासत भित्र कुट्दा आफ्नो २ दाँत भाँचिएको भाई लोकेन्द्रले गुनासो गरे । प्रहरीले पक्राउ गर्दा तिमिहरु यहाँका पैसावाला साहु हो भन्दै पक्रेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रक्राउ गर्ने प्रहरी हवल्दार नरेन्द्र कुवँरले भने ‘म ड्युटीमै थिँए, प्रहरी प्रमुखले सेटमा फोन गरेर कृष्ण बानियाँ र उनका भाई लोकेन्द्रलाई पक्राउ गरेर ल्याउने आदेश दिनुभयो । उहाँले आदेश दिएपछि बानियाँको घरमै गएर सुतेको अवस्थामा पक्राउ गरेका हौँ ।’ बानियाँलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखेर आफूसहित तीन जना प्रहरीले जवानले बानीयाँ दाजुभाइलाई कुटेको पनि उनले स्वीकारेका छन् । प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले भने आफुले कुनै निर्देशन नदिएको र त्यो विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने ‘ प्रहरी हिरासतमा कुटपिट हुनु निकै दुःखको कुरा हो पीडितहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments