Incident Reports

घुससहित भक्तपुर मालपोत अधिकृतसहित चार कर्मचारी पक्राउ

2017-07-22

Bagmati, Bhaktapur, Bhaktapur

RSS अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृतसहित चार कर्मचारी पक्राउ गरेको छ । अख्तियार टोलीले शुक्रबार साँझ भक्तपुर मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठ, नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरेललाई पक्राउ गरेको अख्तियारका सहसचिव एवं प्रवक्ता जीवराज घिमिरेले बताए । चाँगुनारायण नगरपालिका ७ बागेश्वरीको जग्गा कित्ताकात्त गरी बाटो राखेर प्लट मिलान गर्ने कामको लागि घुस लिँदै गरेका उनीहरुलाई मध्यपुर थिमि नगरपालिका ३ कौशल्टारस्थित ‘वेभ सेकुवा कर्नर’बाट पक्राउ गरेको प्रवक्ता घिमिरेले बताए । प्लट मिलान गर्नको लागि सबै प्रक्रिया पुर्‍याई निवेदन दिएकोमा अधिकृत श्रेष्ठले गलत नियतले दु:ख दिन थालेपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएको र उजुरीको आधारमा कर्मचारीहरुलाई घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । अधिकृत श्रेष्ठले सेवाग्राहीबाट ५० हजार नगद लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको जनाएको छ ।
National/Online Media , Local Newspaper - Sarlahi , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis