Incident Reports

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

2017-07-21

Gandaki, Lamjung, Dordi, Ward 2

प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्रेको छ । दोर्दी गाउँपालिका २ का ४६ बर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्रेको हो । प्रहरीका अनुसार एक ५ वर्षीया बालिकालाई ललाई फकाई आफ्नै घर लगेर जवर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले कसुर स्वीकार गरेका छन् । उनले मादक पदार्थ (रक्सी) सेवान गरेको नसामा उक्त क्रियाकलाप भएको स्वीकारेका छन् । घटना शुक्रबार अपरान्ह साँढे ४ बजे घटेको प्रहरीले जनाएको छ । डीएसपी समीरचन्द्र खरेलले घटना घटेको आधा घण्टामै प्रहरीले परियारलाई पक्राउ गरेको बताए । ‘मेडिकल रिपोर्ट पोजेटिभ छ । उनले अभियोग स्वीकारेका छन्’ डीएसपी खरेलले भने, ‘जबरजस्ती करणी ऐन अन्तर्गत मुद्धा दर्ता हुन्छ ।’ अभियोग ठहरिए १० देखि १५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तलाई रातिमात्रै प्रहरी कार्यालयमा ल्याइ पुर्‍याएको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments