Incident Reports

एमाले नेता नेपालको गाडीमा तोडफोड, दुई जना पक्राउ

2017-07-23

Bagmati, Ramechhap, Manthali

नेकपा एमालेका नेता माधवकुमार नेपालको पार्किङ गरिराखेको गाडीमा तोडफोड भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी होटलमा बास बसेका नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको थियो । तर, विहान तोडफोड भएको भेटिएको छ । गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ । यो पूर्वप्रधानमन्त्री नेपालले नियमित चढ्दै आएको गाडी भने होइन । नेता नेपाल एमाले केन्द्रीय लेखा आयोगका सदस्य होमबहादुर बुढाथोकीको गाडीमा गएका थिए । तोडफोडमा संलग्न रहेको आरोपमा सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबै रामेछाप बजारका दुबै कांग्रेस कार्यकर्ता हुन् । कांग्रेस नगरसमितिले पत्रकार सम्मेलन गर्दै सुनियोजित रुपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports