Incident Reports

महोत्तरीमा महिलाको हत्या प्रयास

2017-07-24

Madhes, Mahottari, Gaushala, Ward 5

RSS महोत्तरीमा एक महिलामाथि हत्याको प्रयास गरिएको छ । गौशाला नगरपालिका—५ शिवभक्ति खोर टोलीकी एक महिलामाथि गएराति साँढे १२ बजेको समयमा धारिलो हतियार प्रयोग गरी हत्याको प्रयास भएको हो । आफ्नै सन्तानसंगै सुतिरहेको अवस्थामा स्थानीय रीतादेवी गिरीमाथि हत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । उनले भने, ‘घटनाको कारण खुलेको छैन, हामी अनुसन्धानमै छैाँ । ’ धारिलो हतियार प्रहारबाट रीता गम्भीर घाइते भएकी छिन् । उनको घाँटी, पाँखुरा र पिठ्ठीयुमा गहिरो चोट लागेको स्थानीय दिनेश महतोले जानकारी दिए । गम्भीर घाइते रीताको गौशाला स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो । जनकपुरमा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान रेफर गरिएको छ । घटनाको अनुसन्धान भइरहेको इप्रका गौशालाले जनाएको छ । घटना के कारणले भयो भन्ने कुरा यकिन नभएको प्रहरीले बताएको छ । ८ महिना अघिदेखि रीताका श्रीमान् रामजीवन गिरी वैदेशिक रोजगारीको शिलसिलाका मलेसियामा छन् । रीताका चार सन्तान छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi , Local Newspaper - Mahottari

0 Comments

Related Reports