Incident Reports

पैसा दिन्‍छु भनेर बालिकालाई बलात्कार गर्न खोज्ने पक्राउ

2017-07-23

Madhes, Mahottari, Gaushala, Ward 8

Ajaya Kumar Shah 'पैसा' दिन्छु भनि फकाएर ८ बर्षीय बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा महोत्तरीको गौशालाबाट एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौशाला नगरपालिका ८ बेलगाछी भरलौनी टोलका १८ बर्षीय मनोज महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक शम्भू पोखरेलले जानकारी दिए। आइतबार बुलुका करेसाबारीमा सिचाई गर्न डिलेभरी पाइप ओछ्यान भनी घरबाट महतोले ती बालिकालाई बोलाएर लगेका थिए। पछि करेसाबारीमा काम सकेपछि ती युवाले बालिकालाई आफ्नो घर लगेका थिए। घरमा कोही नभएको र साँझ पर्न लागेको समयमा घरको माथिल्लो कोठमा लगेर युवकले बालिकालाई जर्बजस्ती करणी गर्न लागेका थिए। सोही समयमा करेसाबारीमा गएको छोरी आउन ढिल्लो भयो भन्दै बालिकाकालाई खोज्दै बालिकाका आमा युवकको घरमा पुगेका थिए। बालिकाकी आमालाई देख्ने वितिकै युवक कोठाबाट निस्किएर भागेका प्रहरीले जनाएको छ। घटनाबारे सुचना पाउन साथ घटना स्थल पुगेका प्रहरीले ती युवकलाई पक्राउ गरेर जर्बजस्ती करणको प्रयासमा मुद्धा चलाएको छ। अदालतबाट पाँच दिन म्याद थपेर घटनाको अनुसन्धान भइरहेको इप्रका गौशालाले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Mahottari

0 Comments