Incident Reports

एमालेका कार्यकर्ताले वडा कार्यालय भत्काएको आरोप

2017-07-19

Bagmati, Makawanpur, Raksirang

मकवानपुरको राक्सिरांङ गाउँपालिका-१ सरिखेतमा निर्माण हुँदै गरेको वडा कार्यालय नेकपा एमालेका कार्यकर्ताले भत्काएको आरोप लगाइएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्षले एमालेका कार्यकर्ताबाट निर्माणाधिन अवस्थाको वडा कार्यालय भत्काएर १२ थान जस्ता समेत लिएर गएको बताए । मंगलबार बेलुका करिब ५ बजेको समयमा राक्सिरांङ गाउँपालिकाकै कर्मचारी (साविकको सरिखेत गाविसका सहायक) चन्द्रलाल लामाको नेतृत्वमा आएको मदन लामा, सन्तकुमार रुम्बा, सुरेश ब्लोन, विवेक थिंगले वडा कार्यालय भात्काउनुको साथै कार्यालयको भवनमा लगाइएको जस्ता उप्काएर लागेको वडा अध्यक्ष कान्गाराम रुम्बाले जानकारी दिए ।सो घटनाको बारेमा उजुरीको माग गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई पनि जानकारी गराइसकेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । एमालेका कार्यकर्ताहरुले यस्तो किन गरेको आफुलाई जानकारी नभएको समेत बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments