Incident Reports

नेमकिपा कार्यकर्ताद्वारा शिक्षकमाथि कुटपिट l

2013-06-05

Kali Bahadur Malla कालिकोट । ०७० जेठ २३ गते सिराहा जिल्ला घर भई हाल जनज्योति उच्च मावि भर्तामा कार्यरत शिक्षक अरुण सिंहलाई नेपाल मजदुर किसान पार्टी गाँउ कमिटी अध्यक्ष भक्तबहादुर शाहीको नेतृत्वमा आएका सात जना पार्टी कार्यकर्ताहरूको समूहले जेठ २२ गते विद्यालय परिसर भित्र कुटपिट गरी घाइते बनाएका छन् । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधिसमेत रहेका शिक्षक सिंहलाई विद्यालयमा राजनीति गरेको आरोपमा कुटपिट भएको हो । लाठी र ढुङ्गा प्रहारले छातीमा गम्भीर चोट लागेका सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पीडितले सार्वजनिक ठाँउमा कुटपिट गरेको भन्दै जेठ २३ गते उजुरी दिएपनि हाल सम्म दर्ता नभएको बताए । घटनाका बारेमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कालीकोटले विज्ञप्ति प्रकाशन गरी निन्दा गरेको छ । सरकारी शिक्षक माथि विद्यालय परिसरभित्र कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर राजेन्द्र अर्यालले बताए । यसैबीच, नेमकिपा जिल्ला अध्यक्ष ऐनबहादुर शाहीले शिक्षकलाई अक्रमण गर्ने पार्टी निर्णय नभएको र कोही कार्यकर्ता त्यस्तो अराजक गतिविधिमा लागेको भए कारबाही गरिने बताएका छन् । कालीबहादुर मल्ल

0 Comments