Incident Reports

पतिको कुटपिटबाट महिला बेहोस l

2013-06-06

Manohar Kumar Pokharel सप्तरी । ०७० जेठ २३ गते राजविराज नपा-१ की ४२ वर्षीया फूलोदेवी दासलाई जेठ २३ गते पति ४८ वर्षीय नरसिंह दासले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । मदिरा सेवन गरेका नरसिंहले जेठी पत्नी फुलोदेबीलाई घरायसी विवादमा मरणासन्न हुने गरी कुटपिट गरेको छोरा २७ वर्षीय पप्पुकुमार पवनले बताए । घाइते फुलोदेवीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ । उनको जेठ २३ गते साँझ ६ बजेसम्म होस खुलेको छैन् । रक्ताम्य अवस्थामा अस्पताल भर्ना भएकी घाइते फुलोदेवीको निधार र नाकमा तीन सेन्टिमिटर लम्बाई र एक सेन्टिमिटर चौडाई घाउखत भएको अस्पतालले जनाएको छ । पीडितका एक मात्र छोरा पप्पुले पिताविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताए । नरसिंहको जेठी पत्नीतर्फ १ र कान्छी पत्नीतर्फ ३ छोरा छन् । मनोहरकुमार पाखेरेल

0 Comments

Related Reports
Related Trend Analysis