Incident Reports

धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने पक्राउ

2017-07-29

Bagmati, Kathmandu, Kirtipur, Ward 2

धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा रौतहट ङयाल–८ घर भएका २५ बर्षीय सुमन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले शनिबार राति किर्तिपुर नगरपालिका–२ मैत्रीनगर स्थित बाटोमा हिडिरहेका जाजरकोट छेडागाड नगरपालिका–१२ घर भएका १८ बर्षीय प्रकाश अधिकारीलाई टाउकोमा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाई साथमा रहेको नगद २० हजार रुपैयाँ र १ थान मोवाईल लुटेको बताइएको छ । सो घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई कलंकी खसी बजारबाट पक्राउ गरेको थियो । घाइते अधिकारीलाई उपचारको लागी किर्तिपुर मोडेल अस्पतालमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website , National/Online Media

0 Comments

Related Reports