Incident Reports

जग्गाको विषयमा विवाद हुँदा चारजना घाईते

2017-07-20

Madhes, Parsa, Birgunj, Ward 24

पर्साको बहुदरमाई गाउँपालिकाको ड्कैला बहुआरीमा जग्गाको बिषयमा विवाद भई दुइपक्ष बीच भएको झडपमा चार जना घाइतॆ भएका छन्। घाइते हुनेहरुमा स्थानीय ६० बर्षिया सम्पातीदेवि, ३५ बर्षिया सविता देवि, ४० बर्षिय छुट साह कानु र २९ बर्षिय किशोरी साह कानु रहेका छन्। घाइते मध्य सम्पती देविको अवस्था गम्भिर छ। घाईते चारैजनाको नारायणी उपक्षेत्रिय अस्पताल विरगंजमा उपचार भईरहेको छ। जग्गाको विषयमा विवाद हुँदा स्थानीय किशुन ठाकुर, गेनालाल ठाकुर लगायतले उनीहरुलाई कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। सम्पातीदेवीको जग्गा कब्जा गरेर बसेका ठाकुर परिवारलाई जग्गा छोडीदिन आग्रह गर्दा उनीहरुले उल्टै विवाद गरेर कुटपीट गरेको प्रहरीले जनाएको छ। तर ठाकुर पक्षले भने सम्पाती लगायतलाई हातपात नगरेको बरु उनीहरुले आफैलाई घाईते बनाएर कुटपीटको आरोप लगाएको दावी गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 4
Female Injured 2
Local Newspaper - Parsa

0 Comments

Related Reports