Incident Reports

अपहरित बालकको उद्धार [Updated]

2017-07-27

Bagmati, Kathmandu, Kageshwori Manahora

काठमाडौं असनमा ब्यापार गर्दै आएका कपिलवस्तुका विजय चौधरीको ५ वर्षीय छोरा बिशाल चौधरीलाई अपहरण गर्ने कार्यमा संलग्न मुख्य योजनाकार ललितपुर एकान्तकुना बस्ने रामेछापको मन्थली नगरपालिका–१२ का २६ वर्षीय राजु विक र अभियुक्त रामेछापको मन्थली नगरपालिका–१२ बस्ने २६ वर्षीय विष्णु पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । बिकलाई उदयपुरको गाईघाटबाट र पाण्डेलाई रामेछापको मन्थलीबाट शुक्रबार पक्राउ गरिएको हो । निज बालकलाई काठमाडौं पकनाजोलस्थित सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलको गेटबाट साउन १२ गते अज्ञात समूहले अपहरण गरी बन्धक बनाई ५० लाख रुपैयाँ फिरौती रकम माग गरेकोमा महानगरीय अपराध महाशाखाको अनुसन्धान टोलीले काठमाडौं काँडाघारीबाट साउन १६ गते बालकको सकुशल उद्दार गरेको थियो । आर्थिक अभावको कारण राजु विकले विशालको अपहरण गर्ने योजना बनाएको, आवश्यक मेनपावर तथा साधनको व्यवस्था गरी स्कुलको गेटबाट अपहरण गरी कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटारस्थित विष्णु पाण्डेको बहिनी अनिता केसीको डेरामा लगी बन्धक बनाई २ दिन पछि ५० लाख रुपैयाँ फिरौती रकम मागेकोमा अपहरणकारीहरू बस्ने स्थानको पहिचान गरी ब्यापक खोजतलास तथा विभिन्न स्थानको छापामारे पछि दबावमा आई अपहरणकारीले पीडित बालकलाई काँडाघारीबाट अपहरणमुक्त गर्न बाध्य भएको सो महाशाखाले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Saptari

0 Comments

Related Reports