Incident Reports

बलात्कार आरोपितलाई १६ वर्षकैदको फैसला l

2013-06-06

Narayan Bhushal अर्घाखाँची । ०७० जेठ २३ गते १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जीतबहादुर खाम्चालाई जिल्ला अदालत अर्घाखाँचीले जेठ २२ गते १६ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायधीश माधबेन्द्रराज रेग्मीको एकल इजलासले जबरजस्तीकरणी तथा हाडनातामा करणी गरेको अभियोगमा १६ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको हो । सिमलपानी गाविस-५ का खाम्चाले बालिकालाई ०६९ असोज १ गते पीडितकी आमा माइत गएको मौका छोपी आफ्नै घरमा बलात्कार गरेका थिए । पीडितका आफन्तले ०६९ असोज ४ गते आरोपि विरुद्ध इलाका प्रहरी कार्यलय ठाँडामा निवेदन दिएका थिए । जिल्ला अदालतले असोज २८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । मुलुकी ऐनको जबरजस्ती करणी महल अनुसार ६ वर्ष ६ महिना कैद र सोही ऐनको हाडनाता करणीमहल बमोजिम थप १० वर्षकैद गरी १६ वर्ष६ महिना कैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले बताए । नारायण भुसाल

0 Comments

Related Reports
Related Trend Analysis