Incident Reports

ज्याला बढाउन माग गर्दै सिलाई कालिगढ आन्दोलित

2017-08-03

Lumbini, Dang, Ghorahi

दाङ घोराहीका सिलाई कालिगढहरू आन्दोलनमा उत्रिएका छन् । समयसँगै उचित रुपमा ज्याला वृद्धिको माग गर्दै मंगलबारदेखि कालिगढहरू काम रोकेर आन्दोलनमा उत्रिएका हुन् । वर्षेनी हुँदै आएको मूल्य वृद्धिले आफूहरू मर्कामा परेको हुँदा आफ्नो ज्यालामा पनि त्यही अनुरुपको वृद्धि हुनुपर्ने उनीहरूको माग छ। अन्य क्षेत्र र सरकारी सेवा क्षेत्रमा वर्षेनी सेवा सुविधा वृद्धि हुने गरेतापनि आफूहरूको ज्यालामा वृद्धि नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको सिलाई कालिगढ यूनियन घोराहीका अध्यक्ष प्रमोद परियारले बताए । उनले सिलाई मजदूरहरूको ज्याला नबढ्दासम्म काममा नजाने बताए । समयानुकुल आफूहरूको ज्याला बढ्नुपर्ने माग गर्दै साउन ११ गते नै सिलाई कालिगढहरूले दाङ जिल्ला कपडा सिलाई व्यवसायी समितिलाई ज्ञापन पत्र बुझाएका थिए । तीन दिनको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएपनि कपडा मालिकले भने वार्ताको लागि कुनै पहल नगरेपछि आफूहरु मंगलबारदेखि काम रोक्न बाध्य भएको सिलाई कालिगढ यूनियन घोराहीका अध्यक्ष प्रमोद परियारले सेतोपाटीलाई बताए । यो बीचमा साहुहरूले कपडा सिलाईमा १५ प्रतिशत वृद्धि गरेको भएपनि कालिगढहरूको ज्याला बढाउनका लागि भने कुनै चासो नदिएको हुँदा आन्दोलनमा उत्रनु परेको जानकारी दिए । अध्यक्ष प्रमोद परियारले आफुहरुले कालिगढको ज्याला ४० प्रतिशतले बढाउन माग गर्दै मागपत्र पेश गरेको भएपनि वार्तामा समयानुकुल सुहाउँदो मात्रामा मात्रै बढाएमा आफूहरु सहमत हुने बताए । आफुहरुको माग प्रति साहुहरुले बेवास्ता गरेका कारण काम रोकेर आन्दोलनमा उत्रिएको उनले बताए । ‘हामीले न्यून ज्यालादरमै श्रम वेचिरहेको हुँदा समय अनुकुल ज्याला बढाउन पर्छ भन्ने हाम्रो माग हो ।’ उनले भने
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis