Incident Reports

क्षतिपूर्तिको माग गर्दै किसानद्वारा प्रदर्शन

2017-08-08

Madhes, Rautahat, Gaur

री राम सुगर मिल्स, बाबा डिस्टिलरी विर्ता, ज्योति डिस्टिलरी पिपरापोखरिया र एभरेस्ट डिस्टिलरी गंगापिपराले वर्षाको मौका पारी छाडेको विषाक्त पानीले हजारौं बिघा खेती नोक्सान भएपछि रौतहटको विभिन्न गाउँका किसानले क्षतिपूर्तिको माग गर्दै मंगलबार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन्। गत हप्ता पानी परेपछि जिल्लाका डिस्टिलरीले खोलामा विषाक्त पानी छाडेका थिए । विषाक्त पानीका कारण रौतहटको करिब एक दर्जन गाउँका किसानको खेतमा लगाइएको बाली नोक्सान पु¥याएको छ । रौतहटको राजपुर तुलसी, भेडियाही, सरुअठा, झुनखुनवा, जेठरहिया, पचरुखी, बडहर्वा लगायत गाउँका दुई हजार सात सय किसानको हजारौं बिघामा लगाइएको धान, तरकारी र उखुखेतीमा क्षति पुर्‍याएको भन्दै किसानले जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला कृषि विकास कार्यालय अगाडि प्रदर्शन गरेका छन् । डिस्टिलरीहरुले एकसाथ झाँझ नदीमा विषाक्त पानी छाडेको आरोप किसानले लगाएका छन् । विषाक्त पानीले गर्दा किसानको धान र तरकारी बाली डढेर सखाप नै भएको छ भने उखुबालीमा पनि व्यापक क्षति पुगेको छ । खेतमा रहेको जलचर पनि सखाप भएको छ । झाँझ नदीमा रहेको सबै जलचर पनि नष्ट भएको किसानको आरोप छ । आफ्नो तीन बिघा खेतमा लगाइएको धानबाली विषाक्त पानीका कारण सखाप भएको बडहर्वाका अगुवा किसान नागेन्द्र साहले बताए । यसैबीच जिप्रकाले चारवटै डिस्टिलरी उद्योगलाई खोलामा पानी नछाड्न निर्देशन दिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवलाई किसानको खेतमा भएको क्षतिको विवरण संकलन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् । चारवटै उद्योगले गत ०७१ साउन २९ गते विषाक्त पानी छाडेपछि दुई हजारभन्दा बढी किसानको बाली नष्ट भएको थियो । तत्कालीन सरकारले छानबिन गरी किसानलाई करिब आठ करोड रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Trend Analysis