Incident Reports

अदालतद्वारा यातना पीडितलाई क्षतिपूर्तिको आदेश l

2013-06-09

Binod Pandey बाँके । ०७० जेठ २७ गते जिल्ला अदालतले प्रहरी हिरासत भित्र यातना दिएको ठहर गर्दै जेठ २६ गते बाँके कारागारकी कैदी मोतीपुर गाविस-७ की हरकली पुनलाई ५१ हजार रुपियाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । हिरासत भित्र यातना दिन नपाइने भन्दै तत्कालीन एसपि दिनेश आमात्य, इन्सपेक्टर हर्कबहादुर रावल, महिला प्रहरी रजनी मल्ल र भगवती सुवेदीका बिरुद्ध परेको मुद्दामा जिल्ला न्यायाधीश शेखर पौडेलको एकल इजलासले ५१ हजार रुपियाँ क्षतिपूर्ति दिने फैसला गरेको छ । पीडितलाई मानव बेचबिखनको अभियोगमा प्रहरीले ०६८ साउन २९ गते गिरफ्तार गरेकोमा हिरासतमा प्रहरीको यातनाबाट हात भाँचिएको थियो । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis