Incident Reports

हस्तबहादुरको हत्या भएको खुलासा, छिमेकीले नै गरेका थिए हत्या

2017-08-02

Bagmati, Chitawan, Ichchhyakamana, Ward 1

RSS चितवनको इच्छाकामना गाउँपालिका-१ का ५५ वर्षका हस्तबहादुर चेपाङको हत्या भएको खुलासा भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मृतावस्थामा भेटिएका चेपाङको अनुसन्धान गर्दै जाँदा हत्या भएको खुलेको जानकारी दिनुभयो । व्यक्तिगत रिसका कारण छिमेकीले नै हत्या गरेको पाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । यही साउन २१ गते उनलाई डुकराङस्थित मकैबारीमा मृत फेला पारिएको थियो । अनुसन्धान गर्दै जाँदा उनलाई साउन १८ गते राति धनबहादुर चेपाङसहित मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले घाँटीमा डोरीले कसी कुटपिटपछि हत्या गरेर भिरबाट फालेको पाइएको प्रहरीले मंगलबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । घटनामा संलग्न रहेको आरोपमा जैते बस्ने २९ वर्षका रमेश चेपाङ, सोही गाउँका १९ वर्षीय सन्देश चेपाङ र ३० वर्षका धनबहादुर चेपाङ पक्राउ परेका छन् । दुई जनालाई यसअघि नै पक्राउ गरिएको र फरार हुँदै आएका धनबहादुरलाई भने मंगलबार पक्राउ गरी अनुसन्धान थालिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Chitwan

0 Comments

Related Reports