Incident Reports

१४ वर्षकी बालिका करणी गरेको आरोपमा ५ जना पक्राउ

2017-07-10

नवलपरासीको बर्दघाट नगरपालिकाकी १४ वर्षकी बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षका अभिषेक बास्कोटा , ३१ वर्षका राजेश चौधरी १८ वर्षका निरज ( निराजन ) चौधरी २४ वर्षका राजन (राजकुमार) चौधरी र २९ वर्षका होमनाथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका मुद्धा फाँटका प्रहरी निरिक्षक टिकाराक पोख्रेलले जानकारी दिए । घटना गत असार २६ गते राती ८ बजे भएको भए पनि यहि साउन १९ गते मात्रै प्रहरीमा जाहेरी दर्ता भएको पोख्रेलले बताए ।घटना घटेको लामो समयपछि मात्रै परिवारले थाहा पाएकाले उजुरी पनि ढिला भएको पीडित परिवारको भनाई छ । प्रहरीले पीडकसंगको मिलेमतोमा घटनालाई दबाउन खोजेको पीडित पक्षले आरोप लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments