Incident Reports

बेचबिखन घटनाका आरोपित गिरफ्तार

2017-08-13

Lumbini, Rupandehi, Rohini

१९ वर्षीया, २३ वर्षीया र २७ वर्षीया तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-३ का ३१ वर्षीय वली मोहम्द र जिल्ला महाराजगञ्ज थाना पर्सा मल्लीग्राम मर्यादपुर भारतका २७ वर्षीय मोहमद आलमलाई साउन २९ गते छिपागढ नाकाबाट गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई आरोपितहरूले दुवईमा नाच्ने काममा लगाइदिने प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । दुवई जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात केही पनि नभएको र आरोपित र पीडितबिच राम्रोसँग चिनजानसमेत नभएकोले बेचबिखनका लागि लैजान लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

0 Comments