Incident Reports

भारतमा बेचिन लगिएका पाँच युवतीको उद्दार l

2013-06-07

Nandaram Paudel कपिलवस्तु । ०७० जेठ २६ गते विभिन्न प्रलोभनमा पारी वैदेशिक रोजगारीका नाममा भारतको महांराजगञ्जमा पुर्‍याइएका पाँच युवतीलाई कपिलवस्तुको साथी संस्थाको पहलमा ०७० जेठ २४ गते उद्धार गरिएको छ । कपिलवस्तुका चार र रुपन्देहीका एक युवतीलाई विदेश पठाउन भन्दै काठमाण्डौबाट नवलपरासीको बर्दघाट ल्याई भारतको गोपी गाउँ हुँदै गोरखपुर लैजादै गर्दा भारतीय प्रहरीले आशंका गरी अनुसंन्धान गर्दा पाँच युवतीसहित दलाललाई प्रक्राउ गरेको थियो । साथी संस्था कृष्णनगरकी उमा पराजुली, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरीसहितको चार जनाको टोलीले भारतको गोरखपुरको अमाननगर पुगेर पाँच युवतीको उद्धार गरी नेपाल ल्याएका हुन् । नेपालबाट भारत गोरखपुरसम्म पुर्‍याइदिने जिम्मा लिएका दलाल नवलपरासी सेमरी गाविसका ५१ वर्षीय डुलराम चौधरीलाई भारतीय प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालिएको छ । उद्धार गरिएका पाँच युवती साथी संस्थाको जिम्मा रहेका छन् । नन्दराम पौडेल

0 Comments