Incident Reports

Locals state sit-in against foul smell from poultry farm

2017-08-09

Madhes, Bara, Nijgadh, Ward 7

Locals of Nijgadh municipality-7 Yojanatol have been agitated against the pollution and foul-smell caused by Kantipur Poultry Breeding Farm. Issuing a press statement, the locals announced that they would stage 3-hours sit-in program every day from Wednesday as a first part of their agitation program. They have also said they would also indefinitely padlock the poultry farm from August 16 if something was not done about the pollution by then. निजगढ–७ योजनाटोलको कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्मबाट उत्र्सजित प्रदूषणको विरोध जनाउँदै पीडित स्थानीयले सङ्र्घर्षको कार्यक्रम सार्वजनिक गरेका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै आजैदेखि चरणबद्धरूपमा दैनिक ३ घण्टादेखि क्रमशः १५ घण्टासम्म एक साता फर्मको गेटमा धर्ना बस्ने र साउन ३२ देखि फर्मको गेटमा अनिश्चतकालीन तालाबन्दी गर्ने जानकारी दिए । कुखुराबाट अन्डा र अन्डाबाट चल्ला उत्पादन गर्दै आइरहेको यस फर्मबाट उत्पन्न हुने प्रदूषण हावामा फैलिई आसपासका बस्ती दुर्गन्धित बनेकोले फर्म सञ्चालनमा रोक लगाउनुपर्ने स्थानीयहरूको भनाइ छ । अत्याधुनिक प्रविधि जडान भएको पोल्ट्री ब्रिडिङ फर्म भनिए पनि बस्तीहरूमा दुर्गन्ध फैलिएका कारण बाध्य भएर सङ्घर्षको चरणबद्ध कार्यक्रम घोषणा गर्नुपरेको कार्यक्रम आयोजक योजनाटोल सुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठले बताए । यस अघि भएका वार्ता र सम्झौताको बेवास्ता गरी पोल्टी फर्ममा हाउसहरू थपिएकाले झनै दुर्गन्ध फैलिएको उनी बताउँछन् । फर्मबाट निस्किने फोहोर–मैला नजिकैको खोलामा फालिनाले झनै रोग सङ्क्रमणको जोखिम देखिएको छ । स्थानीय विष्णु आर्चाय, हरिप्रसाद अधिकारी, सरोज कोइराला, हरि बर्तौला, मच्छिन्द्र आचार्य लगायतले पीडा सुनाए । फर्मबाट उत्र्सजित प्रदूषण नियन्त्रण गर्ने प्रयास गरिरहेको कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्मका सञ्चालक नवराज पौडेल बताउँछन् । दुर्गन्ध नियन्त्रणका उपायहरू गरिरहे पनि अन्य काम बाँकी रहेको उनको भनाइ छ । स्थानीय बासिन्दामा पर्न गएको समस्यालाई मध्यनजर गरी फर्मबाट उत्र्सजित फोहोर–मैला व्यवस्थित गर्न जतिसक्दो चाँडो काम शुरु गर्न फर्म लागिपरेको सञ्चालक पौडेलले बताए । कार्यक्रममा सहभागी पत्रकार, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, गाउँलेहरूले फर्म भित्र गई अनुगमन गरेका थिए । पाँच बिघा क्षेत्रफलमा फैलिएको सो फर्ममा ४ वटा हाउसमध्ये तीन महिना अघि हाउस नं. २ जल्दा ४ करोडभन्दा बढी क्षति भएको थियो । सो फर्ममा करिब ५०० प्रजातिका २७ हजार कुखुरा छन् । सो फर्ममा करिब ६० जनाले रोजगार पाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments