Incident Reports

किन कुटिए गुल्मीका दलित टमोटा ?

2017-08-15

Lumbini, Gulmi, Musikot, Ward 3

केहि दिन अघि ग्रैह दलितबाट एक जना दलित कुटिएको समाचार सेलाउन नपाउँदै फेरि गुल्मीको त्यसै मुसिकोट नगरपालिकामा अर्का एक जना दलितलाई पनि ग्रैह दलित समुदायका युवाले निर्घात कुटपिट गरेका छन् । मुसिकोट नगरपालिका वडा नम्वर ३ मैदान देविस्थानका ६२ वर्षिय गोरे टोमटालाई सोही वडा, मैदान निवासी अन्दाजी ४० वर्षिय पशुपति घिमिरेले निर्घात कुटपिट गरेको हो । घाईते बिकको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकी प्रभास पाल्पा पठाइएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ता रहेका घिमिरेले टोमटाको घर माथीको जमिनमा काभ्रो बेर्ना लगाएको विषयमा विवाद हुदन उनी कुटिएको छिमेकीहरुले बताएका छन् । टमटाका अनुसार उनले आफ्नो क्षेत्र जोखिममा पर्ने बताउँदै त्यस्तो नगर्न आग्रह गर्दा क्षेत्रिको छोरो सँग मुख मुखै लाग्छस् भन्दै कुटिएको बताएका छन् । ‘दुई जना व्यक्ति हामी पुलिस हौं भन्दै आएर मेरो दुई हातमा छोपी लछार पछार गरी नजिकको खोल्सामा लिएर गए । लगत्तै पशुपति आएर टाउँकोमा ढुङ्गै ढुङ्गाले कुटेर अब मर्यो भनेर छाड’े, पिडित टमटाले भने । उनी हिजो साँझदेखि बेबत्ता भएपछि विहान सिङ्गो गाउँ खोज्दै गर्दा मैदान नजिक खोल्सामा फेला पारेका थिए बेखर्ची टोमटालाई तम्घासका समाजसेवीहरुले चन्दा उठाएर उपचारका लागि पाल्पा पठाएका हुन् । पिडित टमटाको आर्थिक अवस्था कम्जोर रहेको र उनि कुटिएर उपचार गर्ने पैसा समेत नभएको मुसिकोट ३ का वडाध्यक्ष कर्णध्वज जिसीले बताए । एउटै छिमेकमा रहेका टोमाटालाई त्यसरी कुटियो भन्ने सुन्दा आफुलाई दुख लागेको वडाध्क्ष जिसीले बताए । यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी महेन्द्र नेपालसंग सम्पर्क राख्दा उनले उक्त कुटपिट बिरुद्ध उजुरी परेको , घाईतेलाई थप उपचारका लागि पाल्पा पठाउँदै गरेको बताए । कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गरिएको पिडित पक्षले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , INSEC

0 Comments

Related Reports